
वीरगन्ज– वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार
Related






