
भक्तपुर– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ।

भाजपाले जारी गरेको विज्ञप्तिअनुसार ‘नो बीजेपी’ (Know BJP) पहलअन्तर्गत आयोजित कार्यक्रममा सभापति लामिछानेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन सँग भेटवार्ता गरेको हो।
भेटका क्रममा दुवै दलका नेताहरूबीच आपसी हित, राजनीतिक अनुभव आदानप्रदान तथा संगठनात्मक सहकार्यका विभिन्न विषयमा विस्तृत छलफल भएको थियो। स्वागत मन्तव्यका क्रममा अध्यक्ष नवीनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धको चर्चा गर्दै साझा विरासत र जनस्तरको सम्बन्ध दुई देशबीचको सम्बन्धको प्रमुख आधार भएको बताए। उनले यस्ता भ्रमण र संवादले लोकतान्त्रिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
छलफलका क्रममा अध्यक्ष नवीनले भाजपाको संगठन निर्माणको यात्रा, वैचारिक दृष्टिकोण, संगठनात्मक संरचना तथा जनताकेन्द्रित राजनीतिक अभ्यासबारे जानकारी गराएका थिए। रास्वपा प्रतिनिधिमण्डलले विशेषगरी सदस्यता वितरण प्रणाली, उम्मेदवार छनोट प्रक्रिया तथा तल्लो तहका कार्यकर्तालाई पहिचान र परिचालन गर्ने संयन्त्रबारे चासो राखेको जनाएको छ।
प्रतिनिधिमण्डलको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष नवीनले भाजपाको सांगठनिक शक्ति निरन्तर जनसम्पर्क, बुथस्तरको सक्रियता र लोकतान्त्रिक प्रक्रियामा नागरिकको व्यापक सहभागिताबाट निर्माण भएको बताएका थिए। उनले नरेन्द्र मोदी नेतृत्वको विकासमुखी शासन मोडेलबारे पनि जानकारी गराउँदै विकास, सेवा, सुशासन र कल्याणकारी योजनालाई पार्टीको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
भेटवार्तामा दुवै पक्षबीच राजनीतिमा जेन–जी (Generation Z) को बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भविष्यको नेतृत्व निर्माणमा युवाहरूको योगदानका विषयमा समेत विचार आदानप्रदान भएको थियो।
बैठकमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद संजय जैसवाल, सांसद बाँसुरी स्वराज तथा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले को उपस्थिति रहेको थियो।
भेटघाटपछि रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको जनाएको छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






