
मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकले देखाएको छ।

प्रहरी अभिलेखअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना तथा चालु आव २०८२/८३ को जेठ १५ गतेसम्म १३ जना गरी कुल ५८ पर्यटकको लेक लागेर मृत्यु भएको हो।
मुस्ताङ, मुक्तिनाथ, थोराङला पास, लोमान्थाङ लगायतका उच्च हिमाली क्षेत्रमा भ्रमणका क्रममा धेरै पर्यटक लेक लाग्ने समस्याबाट प्रभावित हुने गरेका छन्। समुद्री सतहबाट उच्च उचाइमा पुग्दै जाँदा हावामा अक्सिजनको मात्रा घट्ने भएकाले शरीरले आवश्यक अक्सिजन प्राप्त गर्न नसक्दा लेक लाग्ने समस्या देखापर्छ।
विशेषज्ञहरूका अनुसार अत्यधिक उचाइमा छिटो चढ्ने, पर्याप्त आराम नगर्ने, शरीरलाई उचाइसँग अनुकूल हुन समय नदिने तथा स्वास्थ्य अवस्थाप्रति बेवास्ता गर्ने कारणले लेक लाग्ने जोखिम बढ्ने गर्दछ।
प्रहरीले मुस्ताङ भ्रमणमा जाने पर्यटकलाई उचाइअनुसार क्रमशः यात्रा गर्न, पर्याप्त पानी पिउन, लेक लाग्ने प्रारम्भिक लक्षण देखिए तत्काल तल्लो स्थानमा झर्न तथा आवश्यक परे स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरेको छ। हिमाली पर्यटनको आकर्षणसँगै लेक लाग्ने जोखिम पनि बढ्दै गएकाले सचेतना र सावधानीलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






