हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ आउने र सदनको अवरोध हट्ने रास्वपाको दाबी

1 मिनेट

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी ले सीमासम्बन्धी विषयमा उठेको विवादबारे प्रधानमन्त्रीबाटै स्पष्ट जवाफ आउने बताएका छन्।

मंगलबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपक्षी दलहरूले उठाएका प्रश्नहरूबारे प्रधानमन्त्री बालेन्द्र शाह ले उपयुक्त समयमा जवाफ दिने बताएका हुन्। उनले विपक्षी दलहरूसँगको छलफलमा आफूले जानकारी गराएको तर तत्काल सदनको अवरोध नहटाउने निर्णयपछि एक साताका लागि बैठक स्थगित गरिएको बताए।

महामन्त्री बुर्लाकोटीका अनुसार यस अवधिमा राजनीतिक संवाद र छलफल जारी रहनेछ र जेठ २५ गते बस्ने बैठकबाट संसद्को अवरोध हट्ने अपेक्षा गरिएको छ।

उनले दशगजा क्षेत्रमा दुवै पक्षबाट भू–उपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने रास्वपाको धारणा रहेको स्पष्ट पारे। साथै, भारतले मिचेको भनिएको भूमि फिर्ता हुनुपर्ने पार्टीको मान्यता रहेको पनि उनले बताए।

बुर्लाकोटीले आगामी प्रतिनिधिसभा बैठकमा बजेटमाथि नियमित छलफल अघि बढ्ने र समयमै पारित गर्ने सहमति विपक्षी दलहरूसँग भएको जानकारी समेत दिएका छन्।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार

ट्रेण्डिङ