
तनहुँ– केही समयअघिसम्म काम नलाग्ने वस्तुका रूपमा हेरिने मकैको खोस्टा अहिले महिलाहरूका लागि सीप, सिर्जना र आम्दानीको माध्यम बन्न थालेको छ। यही उद्देश्यका साथ दमौलीमा मकैको खोस्टाबाट विभिन्न हस्तकला सामग्री निर्माण गर्ने पाँचदिने तालिम सुरु गरिएको छ।

जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजनामा तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मङ्गलबारदेखि सुरु भएको तालिममा ४० जना महिलाको सहभागिता रहेको छ। तालिममा मकैको खोस्टालाई विभिन्न आकारमा मोड्ने, गाँस्ने र सजावटी सामग्री निर्माण गर्ने सीप सिकाइँदै छ।
वडा अध्यक्ष अनुप रानाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन्। उनले तालिमपछि व्यवहारिक अभ्यास र उत्पादित सामग्रीको बजारीकरणका लागि पनि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“सीप सिकेर मात्र पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ। यस कार्यमा वडा कार्यालयले सहयोग गर्नेछ,” अध्यक्ष रानाले भनिन्।
व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले सीपलाई आयआर्जनसँग जोड्न सके मात्र तालिमको वास्तविक उपलब्धि देखिने उल्लेख गर्दै स्थानीयस्तरमा खेर जाने सामग्रीको सदुपयोग गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खोस्टाजस्तो सामान्य वस्तुबाट पनि राम्रो आम्दानी गर्न सकिने बताइन्। “सिर्जनशीलता र मिहिनेत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ,” उनले भनिन्।
वडा सचिव सावित्री आचार्यले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन हुँदै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारका अवसर सिर्जना गर्ने बताइन्।
जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारका अनुसार महिलालाई आर्थिक गतिविधिसँग जोड्ने र स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।
यही जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्। आयोजकका अनुसार आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनोट गरिएका महिलाहरूलाई तालिम प्रदान गरिएको छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






