हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित

1 मिनेट

भक्तपुर– नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। यसलाई नेपालको कूटनीतिक क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि नेपालले देखाउँदै आएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यतास्वरूप यो जिम्मेवारी प्राप्त भएको बताइएको छ।

प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा ले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन्।

न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रथम समितिले निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा सदस्य राष्ट्रबीच छलफल, सहमति निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नेपालको यस नेतृत्वले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षासम्बन्धी बहुपक्षीय मञ्चमा देशको उपस्थितिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

ट्रेण्डिङ