
काठमाडौँ– महानगर यातायात प्रालिले आफ्नो सार्वजनिक यातायात सेवामा थप १६ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई नयाँ विद्युतीय बस हस्तान्तरण गरेको हो। ३३ सिट क्षमताका यी बसहरू यात्रुहरूको सहज यात्रालाई ध्यानमा राखेर आधुनिक डिजाइनमा तयार गरिएको बताइएको छ।
चीनबाट आयात गरिएका बसमा १४४ किलोवाट क्षमताको सीएटीएल (CATL) ब्याट्री प्रयोग गरिएको छ। महानगर यातायातका अनुसार एकपटक पूर्ण चार्ज गर्दा बसले करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
नयाँ बसको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले आगामी दिनमा विद्युतीय सवारी साधनको विकल्प अपरिहार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले विद्युतीय सेवा थप विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए।
महानगर यातायात प्रालिले हाल २८ वटा सिटी बस र २४ वटा माइक्रोबस गरी कुल ५२ वटा विद्युतीय सवारीसाधन सञ्चालन गरिरहेको जनाएको छ। थप १६ बस सञ्चालनमा आएपछि कम्पनीको विद्युतीय सार्वजनिक यातायात सेवा अझ सशक्त हुने विश्वास गरिएको छ।
प्रकाशित मिति : २० जेठ २०८३, बुधबार
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






