हामीसँग जोडिनुहोस

काँकरभिट्टाबाट ३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ

0 मिनेट

झापा– मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बजार क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ दुवागढी निवासी २३ वर्षीय गोपाल मलाहा रहेका छन्।

बुधबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मलाहाको साथबाट ३ ग्राम २ सय मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।

बरामद पदार्थसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

ट्रेण्डिङ