हामीसँग जोडिनुहोस

कारागारबाट फरार रहेका वन्यजन्तु तस्करी मुद्दाका प्रतिवादी टेकबहादुर तामाङ पक्राउ

1 मिनेट

भक्तपुर– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदबिक्री मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला कारागारबाट फरार भएका टेकबहादुर तामाङ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार तामाङलाई असार २ गते काठमाडौंको तारकेश्वर–८ क्षेत्रबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय मा पेश गरिएको हो।

तामाङ जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका थिए। उनी अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदबिक्रीसम्बन्धी मुद्दामा प्रतिवादी थिए।

प्रहरी प्रतिवेदन र जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि काठमाडौं जिल्ला अदालत ले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

कारागारबाट फरार भएपछि उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए। पक्राउ परेका तामाङलाई थप कानुनी प्रक्रियाका लागि केन्द्रीय कारागार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

ट्रेण्डिङ