हामीसँग जोडिनुहोस

झापामा सवारी दुर्घटनाको मुख्य कारण चालकको लापर्वाही, एक महिनामा ८ जनाको मृत्यु

1 मिनेट

झापा– झापामा पछिल्लो महिनामा भएका अधिकांश सवारी दुर्घटनामा मानवीय त्रुटि तथा चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडकको अवस्था वा सवारी साधनको प्राविधिक समस्याभन्दा चालकको असावधानीका कारण जिल्लाभर सडक दुर्घटनाको संख्या बढ्दै गएको हो।

प्रहरीले सार्वजनिक गरेको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कुल १७४ वटा सडक दुर्घटना भएका छन्। तीमध्ये १५४ वटा दुर्घटना चालकको चरम लापर्वाहीका कारण भएको देखिएको छ।

प्रतिवेदनअनुसार सडकको खराब अवस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन्। त्यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाका कारण एउटा तथा अन्य कारणले तीन वटा दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार उक्त तथ्यांकले सडक पूर्वाधार वा प्रविधिगत समस्याभन्दा मानवीय त्रुटि नै दुर्घटनाको प्रमुख कारण रहेको स्पष्ट पार्छ।

यस अवधिमा भएका दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने २८६ जना घाइते भएका छन्।

सडक सुरक्षालाई प्रभावकारी बनाउन झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत सञ्चालन भएका दुई हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट २८ लाख ३३ हजार ९१ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार

अर्को

काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,

नछुटाउनुहोस

बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे दुई महिनादेखि रोकियो काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (Dense Bituminous Macadam) कालोपत्रे गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता पक्की निर्माणको काम रोकिएको छ।धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणमा पक्की निर्माण गरिएको थियो। उक्त खण्डमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुईतर्फी सञ्चालनको अनुमति दिइएको छ।कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावकै कारण बाँकी सडक पक्की गर्ने काम र पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अस्फाल्ट तह थप्ने कार्य रोकिएको हो। चार किलोमिटर सडक स्तरोन्नति योजनाअन्तर्ग

ट्रेण्डिङ