हामीसँग जोडिनुहोस

काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,

1 मिनेट

भक्तपुर– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ।

यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ।

बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण तथा काठमाडौं महानगरपालिका ले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण र निगरानीका कार्य सञ्चालन गरिरहेका छन्।

नदी किनार तथा सार्वजनिक जग्गाको दीर्घकालीन संरक्षणका लागि तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरण तथा नियमित अनुगमनका कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। साथै खाली गरिएका क्षेत्रमा पुनः अवैध बसोबास हुन नदिन सुरक्षा तथा निगरानी व्यवस्था पनि कडा बनाइएको जनाइएको छ।

सरकारी निकायहरूले नदी प्रणालीको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा सार्वजनिक सम्पत्तिको उचित उपयोग सुनिश्चित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने बताएका छन्।

खाली भएका क्षेत्रलाई व्यवस्थित सार्वजनिक उपयोगमा ल्याउने र उपत्यकाको शहरी वातावरण सुधार गर्ने लक्ष्यका साथ सम्बन्धित निकायहरू सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ।

 

 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार

ट्रेण्डिङ