हामीसँग जोडिनुहोस

देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु

0 मिनेट

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौदण्डीगढी नगरपालिका–९ देवधारकी आयुसा सदाको खोलाको दहमा डुबेर मृत्यु भएको हो।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको शव निकालिएको थियो। शवलाई बुधबार राति नै परीक्षणका लागि उदयपुर जिल्ला अस्पताल ल्याएर शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार

अर्को

रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला

नछुटाउनुहोस

काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,

ट्रेण्डिङ