हामीसँग जोडिनुहोस

रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला

1 मिनेट

सिद्धार्थनगर– रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जेठ महिनामा हराएको भन्दै निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको छ। हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार फेला परेकामध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष रहेका छन्।

प्रहरीले अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई पनि पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाएको जनाएको छ। परिवारको जिम्मा लगाइएकामध्ये दुई बालिका, पाँच महिला र दुई पुरुष छन्।

सूचना अधिकारी चन्दले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको बताए।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार

ट्रेण्डिङ