कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागूऔषधसहित एक वडासदस्यलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ निवासी तथा सोही वडाकी वडासदस्य रुपा जैरुलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जैरुको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइडका १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइडका १५ एम्पुल गरी जम्मा ३० एम्पुल सुई बरामद गरिएको छ।
बरामद लागूऔषधसहित पक्राउ परेकी जैरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

1 मिनेट