भक्तपुर– Lionel Messiले FIFA World Cupको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै नयाँ कीर्तिमान कायम गरेका छन्।
अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति समूह ‘जे’ अन्तर्गत Austriaविरुद्ध अर्जेन्टिनाको जितमा दुई गोल गर्दै ३८ वर्षीय मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन्। यससँगै उनले ब्राजिलकी महान् खेलाडी Martaको १७ गोलको कीर्तिमान उछिन्दै पुरुष र महिला दुवै विश्वकपको इतिहासमा सर्वाधिक गोलकर्ता बने।
मेसीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल थपे। यद्यपि, उनले खेलको सुरुवाती चरणमा पाएको पेनाल्टी भने गोलमा परिणत गर्न सकेनन्।
यसअघि गत साता Algeriaविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै मेसीले Miroslav Kloseको १६ गोलको विश्वकप कीर्तिमान बराबरी गरेका थिए। अस्ट्रियाविरुद्ध दुई गोल थप्दै उनले उक्त कीर्तिमानलाई पछि पारे।
सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसीले अर्जेन्टिनाका लागि हालसम्म २०१ खेलमा १२१ गोल गरेका छन्। उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन्।
मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने आशालाई थप बल दिएको छ। अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जितेको थियो भने अब सन् १९६२ मा Brazilपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यमा छ।
व्यक्तिगत चोट र पारिवारिक समस्याका बाबजुद मेसी टोलीका लागि प्रेरणाको स्रोत बनेका छन्। उनका बुबा अस्वस्थ रहेको र उपचार भइरहेको जनाइएको छ। ह्यामस्ट्रिङको समस्याका बाबजुद मैदान उत्रिएका मेसीको प्रशंसा गर्दै अर्जेन्टिनी मिडफिल्डर Alexis Mac Allisterले भने, “यदि कसैलाई लियोविना पनि यो टोली राम्रो छ भन्ने लागेको थियो भने, आज स्पष्ट भयो कि लियो नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्।”
हाल Inter Miami CFबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले उत्तर अमेरिकामा भइरहेको विश्वकप खेल्ने विषयमा अन्तिम समयसम्म निर्णय गरेका थिएनन्। तर साविक विजेता अर्जेन्टिनाको नेतृत्व उनैले गर्नेमा सबै विश्वस्त थिए। चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन पनि पूर्व FC Barcelona तथा Paris Saint-Germain F.C.का स्टार मेसीले निर्णायक भूमिका खेलेका थिए।
विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मेसीपछि क्लोज (१६ गोल) दोस्रो, Ronaldo Nazário (१५ गोल) तेस्रो तथा Gerd Müller र Kylian Mbappé (१४–१४ गोल) संयुक्त रूपमा चौथो स्थानमा छन्।
अस्ट्रियामाथिको जितसँगै अर्जेन्टिनाको नकआउट चरण प्रवेश गर्ने सम्भावना थप बलियो बनेको छ।

2 मिनेट