हामीसँग जोडिनुहोस

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज, प्रतिवेदन प्रस्तुति र निर्वाचन प्रक्रिया अघि बढ्ने

1 मिनेट

चितवनRastriya Swatantra Party (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज हुँदैछ। यसका लागि आज बिहान ७ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ।

बन्दसत्र सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि प्राविधिक कारणले एक दिनपछि सारिएको थियो।

पार्टीका प्रवक्ता Manish Jhaका अनुसार प्रतिनिधिको परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र सुरु गरिनेछ। उनले प्रदेशबाट प्राप्त प्रतिनिधिको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइको काम समयमै पूरा हुन नसकेकाले बन्दसत्र स्थगित गर्नुपरेको बताए।

महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रक्रियामा कुनै विवाद नआओस् भन्ने उद्देश्यले आवश्यक तयारी पूरा गरिएको उनले बताए। उनका अनुसार सोमबार साँझ ७ बजेदेखि नै परिचयपत्र वितरण सुरु गरिएको थियो भने राति छापिएका कार्ड आज बिहानदेखि सातै प्रदेश, समायोजन र प्रवासका प्रतिनिधिलाई छुट्टाछुट्टै स्थानबाट वितरण भइरहेको छ।

परिचयपत्र वितरणपछि पूर्वनिर्धारित कार्यतालिकाअनुसार बन्दसत्र सञ्चालन गरिनेछ।

रास्वपाका महामन्त्री Kavindra Burlakotiका अनुसार बन्दसत्रको सुरुआतमा अनुशासन आयोगका Ramakanta Rimalले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि छलफलसहित कोषाध्यक्ष Lima Adhikariले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने त्यसमाथि छलफल हुनेछ। लगत्तै सहमहामन्त्रीले पार्टी विधानमाथिको छलफल गराई अनुमोदन गराउने कार्यसूची रहेको छ।

विधान अनुमोदनपछि पार्टी सभापति Rabi Lamichhaneले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि छलफल र अनुमोदनपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यतालिका रहेको छ।

त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै निर्वाचन तालिका सार्वजनिक गर्नेछ।

रास्वपाको प्रथम महाधिवेशन आइतबार चितवनको गेष्टहाउस चौरमा उद्घाटन भएको थियो। महाधिवेशनको बन्दसत्र भने उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

ट्रेण्डिङ