त्रिवेणी – Kawasoti Municipalityले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा उत्पादनका आधारमा किसानलाई २८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
नगरपालिकाको पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत Achyut Acharyaका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरका दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान प्रदान गरिएको हो।
अनुदान नगरभित्रका पाँचवटा सहकारीमार्फत वितरण गरिएको छ। किसानले सहकारीमा बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान उपलब्ध गराइएको हो। पाँचवटा सहकारीमार्फत सङ्कलन भएको १५ लाख ४३ हजार ११३ लिटर दूधका लागि अनुदान वितरण गरिएको आचार्यले बताए।
गत वर्षको उत्पादनका आधारमा २८ लाख रुपैयाँ विनियोजन गरिए पनि यस वर्ष दूध उत्पादन बढेकाले सबै किसानलाई समेट्न प्रतिलिटर अनुदान दर समायोजन गरिएको उनले जानकारी दिए। उनका अनुसार दूधमा दिइएको अनुदानले किसानको उत्पादन लागत केही घटाउन र आर्थिक रूपमा राहत पुर्याउन सहयोग पुगेको छ।
अनुदान Sana Kishan Krishi Sahakari Sanstha, Ekikrit Dugdha Bikash Sahakari Sanstha, Janakalyan Krishi tatha Dugdha Sahakari, Shiv Mandir Mahila Bahuuddeshiya Sahakari र Namuna Dugdha Utpadak Sahakariमार्फत सङ्कलित दूधका आधारमा उपलब्ध गराइएको हो। सहकारीले किसानलाई दिने दूधको मूल्यमा नगरपालिकाको अनुदान थप गरेर भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
नगरप्रमुख Bishnu Prasad Bhusalले उत्पादनमा आधारित अनुदानले किसानलाई उत्पादन बढाउन प्रेरित गर्ने भएकाले नगरपालिकाले यही नीति अवलम्बन गर्दै आएको बताए। उनका अनुसार यसबाट उत्पादन लागत घट्नुका साथै किसानको आम्दानी वृद्धि गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि दूध, माछापालनलगायत उत्पादनमा आधारित कृषि कार्यक्रममार्फत अनुदान वितरण गर्न ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पशु विकास अधिकृत आचार्यका अनुसार उक्त बजेट मङ्गलबार सम्पन्न नगरसभाबाट स्वीकृत गरिएको हो।

1 मिनेट