भक्तपुर – पछिल्लो २४ घण्टामा देशभर २६ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
National Disaster Risk Reduction and Management Authorityले सार्वजनिक गरेको विपद् बुलेटिनअनुसार उक्त अवधिमा भएका विभिन्न विपद्का घटनाबाट २० लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्राधिकरणका अनुसार Rajdevi Municipality–९ मा सर्पदंशबाट ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। त्यसैगरी Susta Rural Municipality–५ मा गोमन सर्पले टोकेपछि ७२ वर्षीया महिलाको ज्यान गएको छ।
यस्तै, Gauriganj Rural Municipalityमा चट्याङ लागेर भोजपुरका ३० वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने Belbari Municipalityमा छाडा साँढेको आक्रमणबाट घाइते भएकी ९५ वर्षीया महिलाको पनि मृत्यु भएको छ।
सुनसरी, भोजपुर र बागलुङमा सर्पदंशका घटनामा तीन जना घाइते भएका छन्। साथै कैलालीमा ग्यास चुहावटका कारण आगलागी हुँदा ३२ वर्षीय एक पुरुष घाइते भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, Khandbari–Kimathanka Roadमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। ताप्लेजुङमा बाढीले निर्माण सामग्री र पुल बगाउँदा क्षति पुगेको छ भने Phunglingमा आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्राधिकरणका अनुसार काठमाडौं, सप्तरी, धनुषा, सर्लाही, रौतहट, दोलखा, नवलपरासी (पश्चिम), रुपन्देही र बाँकेमा भएका आगलागीका घटनाबाट घर, पसल, कार्यालय तथा सञ्चार संरचनामा क्षति पुगेको छ।
मनसुन सक्रिय भइरहेकाले बाढी, पहिरो, चट्याङ तथा सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई प्राधिकरणले आग्रह गरेको छ।

1 मिनेट