हामीसँग जोडिनुहोस

भक्तपुरका पर्यटन व्यवसायी एवं समाजसेवी राम सुन्दर बके होटल संघ नेपाल बागमती प्रदेशको अध्यक्षमा चुनिए मनोनित

2 मिनेट

काठमाडौं, १५ असार । भक्तपुरका पर्यटन व्यवसायी एवं भक्तपुरको रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्टका सञ्चालक राम सुन्दर बकेलाई होटल संघ नेपालले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनित गरेको छ ।

पर्यटन व्यवसायी, समाजसेवी तथा ‘घरघरमा होमस्टे’ अभियानका अभियन्ता बकेलाई होटल संघ नेपालको यहीँ असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार आज बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनित गर्दै जिम्मेवारी प्रदान गरेको हो ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहद्वारा जारी मनोनयन पत्रमा बकेको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरिएको छ । साथै संघको विधान र कार्यविधिअनुसार प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

होटल तथा रिसोर्ट मात्रै नभई ग्रामीण पर्यटन प्रवद्र्धन गर्न, गाउँगाउँमा होमस्टे सञ्चालनका लागि ‘घरघरमा होमस्टे’ अभियान सञ्चालन गर्ने, स्थानीय रैथाने उत्पादनको प्रवद्र्धन र बजारिकरण गरि समुदायमा आधारित पर्यटन विकासका लागि सक्रिय रूपमा कार्य गर्दै आउनु भएका पर्यटन व्यवसायी बकेले पर्यटन विकास, स्थानीय रोजगारी, कला, संस्कृति, परम्पराको संरक्षण, आर्थिक समृद्धिको आधारका रुपमा विगतमा गर्दै आएको कार्यलाई अझै शसक्त रुपमा जिम्मेवार ढंगले वागमती प्रदेशको १३ वटै जिल्लामा अगाडि बढाउने गरि अभियान सञ्चालन गर्ने बताउनु भयो ।

होेटल संघ नेपालले होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै पर्यटन उद्यमीहरूको साझा हित, ग्रामीण पर्यटन विस्तार, होमस्टे प्रवद्र्धन र पर्यटनमार्फत स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास लिएको बताएको छ ।

पर्यटन व्यवसायसँगै सामाजिक अभियानमा पनि सक्रिय बकेको यो मनोनयनले बागमती प्रदेशको पर्यटन क्षेत्रलाई थप गतिशील र संगठित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास पर्यटन व्यवसायीहरूले व्यक्त गरेका जनाएका छन् ।

नवनियुक्त अध्यक्ष बकेले भन्नुभयो, “होटल संघ नेपालले मलाई थप जिम्मेवारी प्रदान गरेको छ, त्यसका लागि धन्यवाद भन्न चाहन्छु, अब वागमति प्रदेशको पर्यटन विकासका लागि पाएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्दै पर्यटन विकासको आधार खडा गरर अगाडि बढ्छु ।”

ट्रेण्डिङ