भक्तपर, २३ असार । वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले वागमती प्रदेशका १३ वटा जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि यस वर्ष चार अर्बको बजेट विनियोजन गरेको बताउनु भएको छ ।
आज बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा केन्द्रमा आयोजना गरेको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘देशको पर्यटन विकासका लागि आ.ब. २०८३÷०८४ का लागि संघीय सरकारल सात अर्बको बज्ट बिनियोजन गरेको छ, वागमती प्रदेशको १३ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष प्रदेशबाट चार अर्बको बजेट विनियोजन गरेका छौं, त्यसमा पनि धेरै बजेट भक्तपुर जिल्लाका लागि विनियोजित छ ।’
नेपालको आयश्रोतको मूल आधार पर्यटन व्यबसायलाई बनाउन सकिने बताउदै पर्यटन व्यवसायी बलियो भए मात्रै देशको देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।
उहाँले नेपालको छिमेकी मुलक भारत र चीनका नागरिकलाई मात्रै नेपालका पर्यटकका रुपमा भित्रयाउन सके पर्यटन व्यवसायदेखि देशको अर्थतन्त्रले ठूल फड्को मार्ने बताउनुभयो ।कार्यक्रममा
नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेल चालु आर्थिक वर्षमा नेपाल सरकारको आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा हालसम्म करिव १३ लाख पर्यटकको आगमन भइसकेको बताउनुभयो । उहाँले ९१ हजारभन्दा बढी विदेशी पर्यटकको आगमन भएको बताउदै भारतबाट २५ देखि ३० लाख आउने अपेक्षा गरिएको बताउनुभयो ।
पर्यटन क्षेत्र नै राज्यको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले कुल अर्थतन्त्रको २.५ प्रतिशत योगदान पर्यटन क्षेत्रले पुर्याएको बताउनुभयो । पर्यटन क्षेत्रमा प्राथमिकता, पूर्वाधार र प्रवद्र्धनमा तीनवटै तहका सरकारको समन्वय अपरिहार्य रहेको औंल्याउनुभयो ।
होटल व्यवसायी महासंघ नेपाल बागमतीका अध्यक्ष दामोदर नेपालले नेपाल पर्यटन क्षेत्रमा सम्भावनाको खानी भएको चर्चा गर्दै गाउँ गाउँका पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको औल्याउनुभयो ।
होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले लगानीकर्ताले पर्यटन व्यवसायमा लगानी गर्न चुनौति रहेको बताउदै देशको आर्थिक उन्नती गर्न होमस्टेको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले ग्रामिण पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य चाहना देखिएको बताउदै शहरी पर्यटनले अब धान्न नसक्ने र वास्विक पर्यटक रमाउने होमस्टेमा भएकाले यसको विकासमा राज्यले ध्यान दिनु पर्ने औल्याउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णहरी आचार्य, बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पदम पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकी, सल्लाहकार दिवश गुरागाईल पर्यटन क्षेत्रको विकासका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्ने बताउनभयो ।
संस्थाका अध्यक्ष पेशलकुमार आचार्यले पर्यटन क्षेत्रको विकास तीन तहकै सरकारको चासो हुनुपर्ने र ओझेलमा पर्न नहुने बताउनुभयो ।–––

2 मिनेट