हामीसँग जोडिनुहोस

प्रतिनिधिसभाका चार समितिको बैठक आज, खानेपानी, मौद्रिक नीति र विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल

2 मिनेट

भक्तपुर– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका चारवटा समितिको बैठक आज बस्दैछ। आज पूर्वाधार विकास समिति, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो।

पूर्वाधार विकास समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे सम्बन्धित निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, अर्थ समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने सुझाव, समितिको स्थलगत अनुगमनका प्रतिवेदन तथा समितिमा प्राप्त विभिन्न गुनासोका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको बैठककक्षमा बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ।

उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको

ट्रेण्डिङ