हामीसँग जोडिनुहोस

कम्बोडियाले गर्‍यो नेपालको आँखा उपचार सेवाको उच्च प्रशंसा, सहकार्य विस्तारमा जोड

3 मिनेट

भक्तपुर– कम्बोडियाले नेपालको आँखा उपचार सेवा र स्वास्थ्य क्षेत्रमा भएको प्रगतिप्रति उच्च प्रशंसा व्यक्त गरेको छ। थाइल्यान्डका लागि नेपाली राजदूत तथा कम्बोडियाका समेत गैरआवासीय राजदूत धनबहादुर ओलीसँग भएको भेटमा कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव एवं प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवा र चिकित्सा शिक्षाको खुलेर प्रशंसा गरेकी हुन्।

थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार भेटका क्रममा सोफियाले असार २० र २१ गते कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ठूलो संख्यामा नागरिक लाभान्वित भएको उल्लेख गर्दै शिविर सफलतापूर्वक सम्पन्न गराएकोमा नेपालप्रति आभार व्यक्त गरिन्।

नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल), कम्बोडियाका साझेदार संस्था तथा नेपाली राजदूतावासको संयुक्त पहलमा आयोजित उक्त शिविरमा एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थिए।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सेवा लिनेमध्ये ६४१ महिला र ३६१ पुरुष रहेका थिए। शिविरका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो। साथै ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा रिफर गरिएको उनले जानकारी दिए।

भेटका क्रममा दुवै पक्षबीच आँखा उपचार तथा जनस्वास्थ्यका क्षेत्रमा सहकार्य अझ विस्तार गर्ने, शिक्षा, कृषि, पर्यटन तथा आपसी हितका अन्य क्षेत्रमा सहयोग बढाउने र द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको राजदूतावासले जनाएको छ।

राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य सेवा सुदृढ गर्न आवश्यक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल तयार रहेको बताए। उनले कम्बोडियामा यस्ता सेवाप्रति बढ्दो मागलाई ध्यानमा राख्दै निकट भविष्यमा अर्को निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्न पनि नेपाल इच्छुक रहेको जानकारी गराए।

भेटमा दुवै पक्षले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा अङ्कोर वाटबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहकार्य बढाउने आवश्यकतामा समेत जोड दिएका थिए।

उक्त निःशुल्क आँखा उपचार शिविरको उद्घा

ट्रेण्डिङ