बारम्बार विद्युत् ट्रिपिङ रोक्न ऊर्जा मन्त्रालयको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा
भक्तपुर– वर्षायाममा पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।
मन्त्रालयले वर्षाका कारण विद्युत् आपूर्तिमा देखिने अवरोधलाई उच्च प्राथमिकतामा राख्दै सेवा नियमित, सुरक्षित र भरपर्दो बनाउन विशेष सक्रियता अपनाएको जनाएको छ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिसम्बन्धी गुनासो प्राप्त हुनासाथ तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा उपकरण २४सै घण्टा तयारी अवस्थामा राखेको छ।
मनसुनका कारण हुन सक्ने सम्भावित समस्या पहिचान गरी समयमै समाधान गर्न मन्त्रालयले प्राधिकरणसँग समन्वय गर्दै निगरानी र मर्मत कार्यलाई तीव्र बनाएको जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुने, बारम्बार ट्रिपिङ हुने वा अन्य कुनै समस्या देखिएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गरी गुनासो दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ।

1 मिनेट