मुस्ताङबाट एक वर्षमा २२ हजार केजीभन्दा बढी नकुहिने फोहर बाहिर निकासी, जलवायु असर न्यूनीकरणमा एक्यापको अभियान
मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण तथा स्वच्छ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङमा फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन हुने नकुहिने फोहरलाई गत वर्षदेखि व्यवस्थित रूपमा जिल्ला बाहिर पठाउने अभियान सञ्चालन भइरहेको छ।
एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार आर्थिक वर्ष २०८२/८३ मा तीनवटै पालिकाबाट सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने फोहर दुई हजार ५८१ बोरामा प्याक गरी ट्रकमार्फत पोखरास्थित ग्रिन रोड वेस्ट मेनेजमेन्ट प्रालिको प्रशोधन केन्द्रमा पठाइएको छ।
कार्यालयका अनुसार भदौदेखि असारसम्म विभिन्न चरणमा फोहर निकासी गरिएको हो। असार महिनामा मात्रै छपटक ढुवानी गरी १० हजार ६५९ केजी फोहर प्रशोधन केन्द्र पठाइएको थियो।
गत आर्थिक वर्षमा १० हजार १९० केजी फोहर मात्रै जिल्ला बाहिर पठाइएकोमा यस वर्ष फोहर निकासी ११७.७५ प्रतिशतले बढेको एक्यापले जनाएको छ। पर्यटकको आगमन बर्सेनि बढ्दै जाँदा फोहर उत्पादनको मात्रा पनि उल्लेखनीय रूपमा वृद्धि भएको कार्यालयको भनाइ छ।
फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन चालु वर्ष चारवटा नयाँ फोहर सङ्कलन केन्द्र निर्माण गरिएको छ भने एउटा केन्द्रलाई आवश्यकताअनुसार अन्यत्र स्थानान्तरण गरिएको छ। यसअघि पर्यटकीय क्षेत्रहरूमा आठवटा सङ्कलन केन्द्र निर्माण गरिएको थियो।
एक्यापका प्रमुख गुप्तले स्थानीय समुदाय, आमा समूह, गाउँसमाज तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिले नियमित सरसफाइ र फोहर सङ्कलन गर्दै आए पनि टिन, क्यान, सिसा र प्लास्टिकजन्य फोहर स्रोतमै छुट्टाछुट्टै वर्गीकरण नहुँदा व्यवस्थापनमा चुनौती रहेको बताए।
दुई वर्षअघिसम्म मुस्ताङमा उत्पादन हुने नकुहिने फोहर खाल्डो खनेर विसर्जन गर्ने चलन रहेकामा गत वर्षदेखि एक्यापल

2 मिनेट