हामीसँग जोडिनुहोस

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ सवारीचालक कारबाहीमा, झण्डै २० लाख रुपैयाँ राजस्व सङ्कलन

1 मिनेट

भक्तपुर– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ७६ जना सवारीचालकलाई एकै दिन कारबाही गरेको छ। कारबाहीबाट राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ६८ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२६ जना तथा तीव्र गतिमा सवारी चलाउने १८९ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, सडक र फुटपाथमा अवैध पार्किङ गर्ने ८५ जना, एकतर्फी सडकमा सवारी चलाउने ५९ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १५७

ट्रेण्डिङ