हामीसँग जोडिनुहोस

कालीकोटको माल्कोटमा सिँचाइ कुलो बनेपछि सयौँ हेक्टर जमिनमा सिँचाइ, करिब एक हजार परिवार लाभान्वित

2 मिनेट

मान्म– कालीकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा नयाँ सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। सिँचाइको अभावमा वर्षौँदेखि बाँझो रहेका खेतमा अहिले नियमित रूपमा खेती गर्न थालिएको छ।

माल्कोट गाउँको धाँचुकोट क्षेत्रमा रातिमाटादेखि धाँचुकोटसम्म पक्की सिँचाइ कुलो निर्माण भएपछि किसानले तरकारी तथा अन्नबाली समयमै लगाउन थालेका छन्। खानेपानी तथा ऊर्जा विकास कार्यालय कालीकोटको २० लाख रुपैयाँको लगानीमा कुलो निर्माण गरिएको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगरले जानकारी दिए।

उनका अनुसार कुलो निर्माणसँगै माल्कोट गाउँका सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ, जसले कृषि उत्पादन बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय रामबहादुर बटालाले सिँचाइ सुविधा नहुँदा विगतमा खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने बाध्यता रहे पनि अहिले कुलोबाट पानी पुगेपछि खेती गर्न सहज भएको बताए। उनका अनुसार अहिले तरकारी र अन्नबाली दुवैको खेती विस्तार हुन थालेको छ।

गच्चेकाटिया सिँचाइ कुलो निर्माण योजनाका अध्यक्ष ध्रुवबहादुर शाहीका अनुसार पाँच सय मिटर लामो कुलो निर्माण गरिएको छ, जसबाट करिब एक हजार घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्। उनले योजना सम्पन्न भए पनि थप विस्तारका लागि अझै केही लगानी आवश्यक रहेको बताए।

नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष खाम्मबहादुर बटालाले सिँचाइ कुलो निर्माणसँगै खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने समस्या हटेको उल्लेख गर्दै यसले गाउँको कृषि उत्पादन र किसानको आय बढाउन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

ट्रेण्डिङ