धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई प्रलोभनमा पारेर निजी मेडिकलतर्फ पठाई अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार विशेष सूचनाका आधारमा गए राति प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका–१५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का साबिन किराँती, धरान–६ का मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का उमेशकुमार चौधरी, धरान–१७ का धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का रोहित मेहता तथा धरान–११ का विनोद भट्टराई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी कमिसन लिने गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि असार २२ गते पनि झापाको दमक नगरपालिका–१ का प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपकरामलाई यस्तै आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने विचौलिया गतिविधि, अनियमितता तथा बिरामीमाथिको ठगी नियन्त्रण गर्न सम्बन्धित निकाय र प्रतिष्ठानका पदाधिकारीलाई कडा निर्देशन दिएका थिए।

2 मिनेट