मोरङ– मोरङको विराटनगर महानगरपालिका–१८ भेडीयारीबाट प्रहरीले ६ किलो १ सय ३० ग्राम अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला, गनौरा थाना निवासी ४१ वर्षीय शिवधर यादव रहेका छन्।
अस्थायी प्रहरी पोस्ट भेडीयारीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट भेडीयारीतर्फ जाँदै गरेको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार दुई जनामध्ये एक जना मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले शिवधर यादवलाई नियन्त्रणमा लिएर तलासी गर्दा उनले बोकेको झोलाबाट ६ किलो १ सय ३० ग्राम गाँजा बरामद गरेको जनाएको छ।
घटनामा संलग्न फरार व्यक्तिको खोजी जारी रहेको तथा पक्राउ परेका यादवमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

1 मिनेट