सुनसरी – सुनसरीको कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोरङको रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेका छन्। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक राईलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा पिकअपमा सवार सिरहाको लहान नगरपालिका घर भई हाल विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ र उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

1 मिनेट