हामीसँग जोडिनुहोस

जुम्लामा आगलागी नियन्त्रणका लागि छ स्थानमा फायर हाइड्रेन्ट जडान

2 मिनेट

जुम्लामा आगलागी नियन्त्रणका लागि छ स्थानमा फायर हाइड्रेन्ट जडान

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्र आगलागीका घटनामा हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर हाइड्रेन्ट) जडान गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुपर परियोजनाअन्तर्गत नगरपालिकाको वडा नं. २ र ३ का घना बस्ती तथा आगलागीको उच्च जोखिम भएका क्षेत्रमा फायर हाइड्रेन्ट जडान गरिएको परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले जानकारी दिइन्।

उनका अनुसार विपद् जोखिम न्यूनीकरण, सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने र आगलागी भएको अवस्थामा तत्काल पानी उपलब्ध गराई आगो नियन्त्रण गर्न सहज बनाउने उद्देश्यले उपकरण जडान गरिएको हो।

समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको परियोजनाले आपत्कालीन अवस्थामा दमकल, सुरक्षाकर्मी तथा स्थानीय स्वयंसेवकले नजिकैबाट पानी प्रयोग गरी छिटो आगलागी नियन्त्रण गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ।

चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतका अनुसार फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली हो। आगलागी हुँदा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी हाइड्रेन्टमा सिधै पाइप जोडेर निरन्तर पानी आपूर्ति गर्न सक्ने भएकाले उद्धार तथा आगो नियन्त्रण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीले फायर हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीका घटनामा तत्काल उद्धार र आगो नियन्त्रण गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।

ट्रेण्डिङ