मानसिक स्वास्थ्य सेवा देशव्यापी विस्तार गरिने, संघदेखि स्थानीय तहसम्म संयन्त्र परिचालन
काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतना देशव्यापी रूपमा विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकले विद्यमान स्वास्थ्य संरचनामार्फत समुदायस्तरसम्म मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचाररत बिरामीलाई सहजीकरण तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई परामर्श र निगरानीमा विशेष जोड दिइने मन्त्रालयले जनाएको छ।
मानसिक स्वास्थ्यसम्बन्धी सेवा सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क नम्बरको व्यापक प्रचारप्रसार गरिनेछ। साथै मोबाइल रिङब्याक टोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल्स र अनलाइन काउन्सेलिङमार्फत जनचेतना अभियान सञ्चालन गरिनेछ।
बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ। आयुर्वेदअन्तर्गत योग, ध्यान र मनोसामाजिक सेवासमेत अभियानसँग जोडिने जनाइएको छ।
मन्त्रालयले अस्पतालमा मानसिक स्वास्थ्य सेवाको प्रचारप्रसार, निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवालाई नियमित स्वास्थ्य सेवासँग एकीकृत गर्ने तथा आवश्यकताअनुसार अस्पतालमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढाउने जनाएको छ।
यसका साथै मानसिक स्वास्थ्यसम्बन्धी तालिमप्राप्त जनशक्तिको विवरण अद्यावधिक गर्ने, उपचारबाट बाहिरिएका बिरामीलाई पुनः उपचारमा ल्याउने, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान गरी उपचारको पहुँचमा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनका लागि मापदण्ड तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने जनाएको छ।

3 मिनेट