हामीसँग जोडिनुहोस

भानु जयन्ती आज: आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

2 मिनेट

काठमाडौं, असार २९ — नेपाली भाषा, साहित्य र संस्कृतिका अग्रदूत आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

संस्कृत भाषामा रचित रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी जनसाधारणसम्म पुर्‍याएर भानुभक्तले नेपाली भाषा र साहित्यको विकासमा ऐतिहासिक योगदान पुर्‍याएका छन्। उहाँद्वारा अनूदित रामायण आज पनि नेपाली समाजमा श्रद्धापूर्वक पाठ गरिने प्रमुख धार्मिक तथा साहित्यिक ग्रन्थका रूपमा स्थापित छ।

भौगोलिक रूपमा एकीकृत नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा एकताबद्ध बनाउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त घाँसीसँगको प्रेरणादायी भेटपछि लोकहितका लागि केही गर्ने संकल्पसहित नेपाली भाषामा रामायण लेख्न प्रेरित भएको जनविश्वास छ।

रामायणका अतिरिक्त उहाँका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता तथा अन्य फुटकर रचनाहरू पनि नेपाली साहित्यका महत्वपूर्ण कृति मानिन्छन्। उहाँका सिर्जनाले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान तथा सांस्कृतिक चेतनाको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान परिसरस्थित आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण, प्रभातफेरी तथा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ। भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले पनि देशभर विविध कार्यक्रम गरिरहेका छन्।

यसै अवसरमा घरघरमा नेपाली भाषामा अनूदित रामायण पाठ गर्ने परम्परा पनि कायम छ। नेपालबाहेक भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न स्थानमा पनि भानु जयन्ती श्रद्धापूर्वक मनाइँदै आएको छ।

ट्रेण्डिङ