हामीसँग जोडिनुहोस

भानुभक्तको जन्मथलो वर्षभर सुनसान, अन्तर्राष्ट्रिय साहित्यिक केन्द्र बनाउने तयारी

2 मिनेट

तनहुँ — आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा तनहुँको चुँदीरम्घा साहित्यिक तथा सांस्कृतिक गतिविधिले भरिभराउ हुन्छ। तर जयन्ती सकिएपछि भने नेपाली भाषाका आदिकविको जन्मस्थल फेरि सुनसान बन्ने गरेको स्थानीयको गुनासो छ।

स्थानीय सन्देश आचार्यका अनुसार भानुभक्तको नाम देशभर सम्मान गरिए पनि जन्मथलोले अपेक्षित प्राथमिकता पाउन सकेको छैन। जयन्तीका बेला नेतादेखि साहित्यकारसम्म पुगेर विभिन्न योजना घोषणा गरे पनि वर्षभर गतिविधि नहुँदा ऐतिहासिक स्थल ओझेलमा पर्ने गरेको उनले बताए।

भानु जयन्तीका अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन र सांस्कृतिक कार्यक्रमले केही दिन जन्मथलो जीवन्त बने पनि स्थायी रूपमा साहित्यिक तथा पर्यटन गतिविधि सञ्चालन हुन नसकेको स्थानीयको भनाइ छ।

यसैबीच, भानु नगरपालिकाले चुँदीरम्घालाई अन्तर्राष्ट्रियस्तरको साहित्यिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने महत्वाकाङ्क्षी गुरुयोजना अघि बढाएको छ। नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरिसकेको छ।

गुरुयोजनाअन्तर्गत ४३५ रोपनी जग्गामा साहित्यिक उद्यान निर्माण गरिनेछ। यहाँ परम्परागत गोलघर शैलीको भानु भवन, आदिकवि भानुभक्तको जीवन र साहित्य झल्काउने प्रदर्शनी कक्ष, ५४ फिट अग्लो विशाल प्रतिमा, सातै प्रदेशको भाषा–साहित्य झल्काउने मूर्तिवाटिका, भानु साहित्यिक ग्राम, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल, पार्किङ क्षेत्र तथा अन्य पूर्वाधार निर्माण गर्ने योजना छ।

त्यसैगरी सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्म सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माणको योजना पनि अघि बढाइएको छ।

स्थानीयवासीका अनुसार यी योजना समयमै कार्यान्वयन भए चुँदीरम्घा वर्षभर साहित्यकार, अनुसन्धानकर्ता र पर्यटकको आकर्षणको केन्द्र बन्नेछ। यसबाट स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

ट्रेण्डिङ