हामीसँग जोडिनुहोस

संघीय संसदका चार समितिको बैठक आज, विभिन्न महत्वपूर्ण विषयमा छलफल

2 मिनेट

संघीय संसदका चार समितिको बैठक आज, विभिन्न महत्वपूर्ण विषयमा छलफल

काठमाडौं — संघीय संसदअन्तर्गत रहेका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठकहरूमा विकास आयोजना, मानवअधिकार, संघीयता र विधेयकसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ८:३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय योजना आयोगले गरेका प्रमुख काम, १६औँ आवधिक योजनाको कार्यान्वयन, मध्यकालीन खर्च संरचनाको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा अन्य विकास आयोजनाको प्रगतिबारे आयोगसँग जानकारी लिने कार्यक्रम रहेको छ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ माथि छलफल गरिनेछ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–२०८१ माथि छलफल हुने कार्यसूची रहेको छ।

उक्त बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिवहरू, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरीलाई आमन्त्रण गरिएको छ।

ट्रेण्डिङ