मुस्ताङमा चार लाख ३५ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद
मुस्ताङ: मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब रु चार लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ।
थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित सवारी जाँचका क्रममा नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिपबाट उक्त सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार जाँचका क्रममा सामानका लागि आवश्यक भन्सार प्रज्ञापनपत्र तथा अन्य कागजात नभेटिएपछि ती सामान नियन्त्रणमा लिइएको हो।
प्रहरीले गाडी, चालक तथा सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

बरामद गरिएका सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टी–सर्टलगायतका सामग्री रहेका छन्। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले सामान ल्याउने व्यक्तिको नाम भने हाल गोप्य राखिएको प्रहरीले जनाएको छ।

1 मिनेट