हामीसँग जोडिनुहोस

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सम्पर्कविहीन

1 मिनेट

बागलुङ: लगातारको वर्षापछि गएको पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डमा गएरातिदेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जैमिनी नगरपालिका–८ बेलबगरस्थित सडकमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ।

सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट अस्थायी रूपमा विच्छेद भएको छ। साथै बुटवलतर्फ गइरहेका सवारीसाधन बेलबगर क्षेत्रमा रोकिएका छन्। प्रहरीले यात्रुहरूलाई वैकल्पिक व्यवस्था अपनाउन तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

ट्रेण्डिङ