हामीसँग जोडिनुहोस

स्याङ्जामा गोठ भत्किँदा एक जनाको मृत्यु, चौपाया पनि पुरिए

1 मिनेट

स्याङ्जामा गोठ भत्किँदा एक जनाको मृत्यु, चौपाया पनि पुरिए

स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ।

आज बिहान भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मी पुरिएका थिए। घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए।

गोठ भत्किँदा केही चौपाया पनि पुरिएर मरेका छन्। लगातारको वर्षाका कारण पुरानो गोठ कमजोर भई भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वडा अध्यक्ष गुरुङले बताएका छन्।

घटनाबारे थप विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

ट्रेण्डिङ