इलाममा ३० करोडको लागतमा रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न
इलाम: इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा ३० करोड ६४ लाख ८४ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ।
सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानमार्फत निर्माण गरिएको २०० मिटर लामो र ११ मिटर चौडा पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए।
उनका अनुसार २०७९ पुस ३० गते शान्ति निर्माण सेवासँग २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। निर्माण कम्पनीले सम्झौताअनुसारको समयभन्दा अघि नै काम पूरा गरेपछि पुल सञ्चालनमा आएको हो।
पुल सेक्टरका इन्जिनियर हरि मण्डलका अनुसार पुल निर्माणपछि स्थानीयवासीको आवतजावत सुरक्षित र सहज भएको छ। यसअघि वर्षायाममा रिखुवा खोलामा बाढी आएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध हुने, बिरामी तथा गर्भवतीलाई अस्पताल पुर्याउन र विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुने गरेको थियो।

माई नगरपालिका–६ का स्थानीय बुधराज योङहाङले पुल सञ्चालनसँगै वर्षौंदेखिको आवागमन समस्या अन्त्य भएको बताए। यस्तै, माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले पुल निर्माणपछि माङसेबुङका नागरिकलाई झापाको बिर्तामोड, माई नगरपालिका तथा धार्मिकस्थल लारुम्बासम्म सहज रूपमा आवतजावत गर्न सुविधा पुगेको बताए।

2 मिनेट