बेनी नगरपालिकाद्वारा उत्पादनका आधारमा किसानलाई २५ लाखभन्दा बढी अनुदान वितरण
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक पशुपालन तथा तरकारीखेती गर्ने किसानलाई उत्पादनका आधारमा २५ लाख ६९ हजार ९८३ रुपैयाँ अनुदान वितरण गरेको छ।
नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रमअन्तर्गत एक सय १६ जना किसान लाभान्वित भएका छन्। प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार ५९ जना तरकारी किसानलाई १३ लाख ४९ हजार ९८३ रुपैयाँ तथा बाख्रा र गाईभैँसीपालन गर्ने ५७ जना किसानलाई १२ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरिएको हो।
उत्पादनमा आधारित अनुदानका लागि दूधमा १५ लाख, तरकारीमा १० लाख र मासुमा सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। स्थलगत अनुगमनपछि छनोट भएका व्यावसायिक किसानलाई न्यूनतम १५ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइएको पशु चिकित्सक डा. सुदीप पौडेलले जानकारी दिए।
तरकारीतर्फ काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताए।
बेनी नगरपालिका–१ रत्नेचौरका किसान निरबहादुर थापाले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था प्रभावकारी भएको बताउँदै यसले वास्तविक किसानलाई प्रत्यक्ष लाभ पुगेको र साना किसानलाई व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताए।
आर्थिक वर्ष २०८०/८१ देखि पशुपालक किसानका लागि सञ्चालन गरिएको यो कार्यक्रम यस वर्षदेखि तरकारी उत्पादक किसानमा पनि विस्तार गरिएको हो। नगर प्रमुख सुरत केसीले उत्पादन बढाएर दूध, मासु र तरकारीमा आत्मनिर्भरता हासिल गर्न उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको बताए।
कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ। वर्गअनुसार १५ हजारदेखि ४५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ भने दूध, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान राखिएको छ।
उपप्रमुख ज्योती लामिछानेले कार्यक्रमले पशुपालक कृषकलाई व्यावसायिक र दिगो बनाउन सहयोग पुगेको बताइन्। कृषि क्षेत्रको विकासका लागि बेनी नगरपालिकाले वडा नम्बर–४ सिंगामा चिस्यान गृह सञ्चालनमा ल्याएको छ भने वडा नम्बर–८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी पनि गरिरहेको जनाएको छ।

3 मिनेट