बागलुङ २६ साउन । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका बोबाङका ६८ बर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बिमा कामीको हीजो राति अपरिचत व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भानबहादुरको शव घर नजिकै मकै बारीमा र बिमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख रिणबहादुर बैदावारले जानकारी दिनुभएको छ ।