
नुवाकोट ,२८ श्रावण । नुवाकोटको कोल्फुखोलामा पोडी खेल्ने क्रममा सोमबार दुईजनाको ज्यान गएको छ । खोलामा पौडी खेल्न जाँदा बगेकी नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी १३ वर्षीया बिनिता बलामी र बालिकालाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका(७ की लक्ष्मी तामाङको ज्यान गएको हो । पौडी खेल्न गएकी बिनितालाई खोलाले बगाएको देखेपछि खोला किनारमा बालुवा चालिरहेकी लक्ष्मी बचाउन जाँदा उहाँलाई पनि खोलाले बगाएको र दुवै जनाको शव सोमबार राति भेटिएको प्रहरीले जनाएको छ ।






