
काठमाडौं, श्रावण ३१

रबि लामिछाने पक्राउ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर, अपराध महाशाखा काठमाडौंको टोलीले लामिछाने कार्यरत ‘न्यूज २४ टेलिभिजन’को कार्यालय परिसरबाटै रवि र उनका सहयोगी युवराज कँडेललाई पक्राउ गरेको हो । यसअघि बिहीबार दिउँसो नै पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा नाम लिइएकी ओखलढुंगाकी अस्मिता कार्की ‘रुकु’लाई पक्राउ गरिएको थियो ।
खाली कुर्सी र म्युजिक मात्र बज्यो

लाइभ प्रसारण हुने ‘सीधा कुरा जनतासँग’ सुरु हुनु एक घण्टा २५ मिनेट अगाडि न्युज २४ टिभी कार्यालय परिसरबाट प्रहरीले प्रस्तोता रवि लामिछाने र उनका सहयोगी युवराज कँडेललाई पक्राउ गरेपछि कार्यक्रम अवरुद्ध भएको छ । कार्यक्रम प्रसारण हुने निश्चित समय पौने ९ बजे टेलिभिजनले खाली कुर्सीसहितको टिभीको सेट देखाएको थियो ।खालि कुर्सीसँगै रविको ट्विट देखाइएको थियो । ब्यागराउन्ड म्युजिक मात्र बजेर कार्यक्रम प्रसारण भएको थियो । योसँगसँगै युट्युबमा रविका समर्थ भावुक पोष्ट देख्न पाइन्छ ।
कति दिन रवि हिरासतमा?

प्रहरीले अब बयान गराउने, कागज गराउने जस्ता प्रक्रिया गर्नेछ । यसका लागि कति समय लाग्छ अहिले नै यकिन भन्न सकिन्न। यो ११ दिनसम्ममा प्रारम्भिक अनुसन्धान र टेक्निकल अनुसन्धान भइसकेको हुनाले धेरै समय नलगाउन पनि सक्छ प्रहरीले । वा यही मौका हो भनी कसैको रिस भए त्यसलाई फेर्न उनलाई लामो समय थुन्ने सम्भावना पनि नहोला भन्न सकिन्न ।
अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गर्छ । पहिले आत्महत्या हो भने कुनै पनि कारबाही हुँदैन थियो। तर गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्यालाई पनि कानुनी दायरामा ल्याइएको छ । आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको “मुलुकी अपराध संहिता ऐन, २०७४” ले गरेको छ ।
रविको दाबी

गम्भीर आरोप लागेपछि रविले यो घटनामा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। आफूसँग काम गरेपछि शालिकराम माउन्टेन टेलिभिजनमा गएको भन्दै रविले सुरूमा उनको प्रशंसा गरेका थिए। रविले शालिकलाई ‘छातीमा लात्ती खाएर पनि प्रश्न सोध्न सक्ने पत्रकार’ भन्दै प्रशंसा गरेका थिए।
सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा चितवनमा प्रदर्शन

सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा चितवनमा उनका समर्थकले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएको भन्दै विरोध जनाएका छन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनअघि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सयौं सर्वसाधारण भेला भएका छन् । बिहीबार काठमाडौंबाट पक्राउ गरी सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि चितवन लगिएको छ । उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गराउन जिल्ला अदालतमा पेस गर्ने तयारी गरिएको छ ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






