काठमाण्डौ,३१ श्रावण । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष पदको जिम्मेवारी बामदेब गौतमलाई दिएको छ पार्र्टी एकीकरणको क्रममा दुई जना अध्यक्ष र महासचिव पद मात्रै रहेकोमा शुक्रबारको बैठकले पार्र्टीलाई अझ बढी सुदृढ बनाउन उपाध्यक्षको पद पनि सिर्जना गरेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले उपाध्यक्षका लागि बामदेव गौतमको नाम प्रस्ताव गर्नुभएको हो । अध्यक्षद्वयले प्रस्ताव गरेको विषय पार्र्टीको स्थायी कमिटी बैठकले अनुमोदन गरेपछि गौतम पार्र्टीको उपाध्यक्ष बन्नुहुनेछ ।
यस्तै लामो समयदेखि मिल्न नसकेको स्कुल विभागको विवाद पनि समाधान भएको छ । स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । यस्तै प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ प्रकाशुलाई दिईएको छ ।
नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ झलनाथ खनालले पाउनुभएको छ ।
वरिष्ठ नेता माधव कुमार नेपालले भने विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ भने राम कार्की विभागको उपप्रमुख हुनुहुन्छ । यस्तै अर्थ तथा योजना विभागको जिम्मेवारी भने सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।
नेकपाको ३२ विभागमध्ये १९ विभागमा पूर्व एमाले र १४ वटा विभागमा पूर्व माओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका हुन् ।

1 मिनेट