हामीसँग जोडिनुहोस

युईएफएले वर्ष पुरुष खेलाडी सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भर्जिल भान जिक

0 मिनेट

काठमाडौँ ३१ साउन । युईएफएले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । अन्तिम तीन खेलाडीको सूचीमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक परेका छन् ।
त्यस्तै च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका लिभरपुलका मोहम्मद सलाहा र साडियो माने, पूर्व आयाक्सका म्याथ्युज डी लिग्ट र डीयोङले अन्तिम तीनमा स्थान बनाउन सकेनन् । यूईएफएले अब तीन खेलाडीबाट एक खेलाडीलाई अगष्ट २९ मा यो अवार्ड प्रदान गर्नेछ । जसमा मेस्सी र रोनाल्डोको भन्दा धेरै सम्भावना भर्जिलको देखिएको छ किनभने भर्जिलको यो सिजन मेस्सी र रोनाल्डो भन्दा धेरै राम्रो गुज्रेको छ ।

ट्रेण्डिङ