
अफगानिस्तान, भाद्र १ । शनिबार राति अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आत्मघाति विष्फोटमा परी १ सय ८० भन्दा बढी घाइते भएका छन् । विवाह समारोहमा भेला भएका व्यक्तिहरुको बीचमा एक आत्मघाती आक्रमणकारी घुसेर बिस्फोट गराएका थिए ।
आक्रमणपछि अफगानिस्तानको राजधानी काबुलमा पछिल्ला केही दिनयता भइरहेको शान्ति वार्ताको प्रयास विथोलिएको अधिकारीहरुले जनाएका छन् । दश दिनअघि पनि तालिबानी विद्रोहीले गराएको एक आत्मघाती विस्फोटमा १४ सुरक्षाकर्मी मारिएका थिए ।





