
गोरखा, भाद्र १ । गोरखामा शनिबार राति लक्ष्मीबजारका याकुब परियारले श्रीमती पुजा परियारलाई खुर्पाले हानेर हत्या गरेका हुन् । श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






