हामीसँग जोडिनुहोस

मध्यपुरथिमिमा रातभर जागे महाकाली, भैरब र नील बाराही

3 मिनेट

भक्तपुर, भाद्र १ । मध्यपुर थिमि नगरपालिकाको नगदेशमा गएरातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रर्दशन सुरु भएको हो । रातीदेखि सुरु भएको यो नाच हरेक रात करिब चार घन्टाका नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो ।
त्यसैगरि बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः, पुखुसि, नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।
महाकाली देवी प्रकट हुने जनविश्वासका साथ महाकाली लगायत देवीदेवताको मुकुण्डो लगाएर तान्त्रिक बिधि पुरा गरि नाचिने यो नाचलाई महाकाली जागा भएर भूत प्रेत, राक्षस र अनिष्टलाई हटाउने गरेको जनविश्वास रहेको छ ।
महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कुमारी एक, सिंह एक, बेता चार, भूत भैरव दुई, कवां दुई, ख्याक दुई, माकः (बाँदर) दुई, म्ह्यखा एक र महिषाशुर दैत्य एक गरी १८ जनाको समूहमा नाच नाचिने परम्परा रहेको गुरु घजुले जानकारी दिनुभयो ।
यो नाचमा वाद्यवादन समूहसमेत गरी ५० भन्दा बढी कलाकारहरूको सक्रिय सहभागिता रहने गर्दछ । नाचमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजा लगायत बिभिन्न २१ वटा तालमा नाच नाच्ने गरिन्छ ।
नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।
रातीदेखि नील बाराही नाच प्रर्दशन
मध्यपुरथिमि नगरपालिका ८ बाडेमा तीनदिन चाररातसम्म मनाइने परम्परागत नीलबाराही नाच गएरातीाट सुरु भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाचको आफ्नै नियम एवं परम्परा अनुसार पानी पर्दा पनि भिजेरै देवगणले नाच नाच्नु पर्ने भएकाले पानी परेपनि नाच संचालन गर्नुपर्ने परम्परा छ ।
१५ दिन अघिदेखि मूलघरमा सिकाईदै आएको यो नाच राती, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाईने परम्परा रहेको छ । बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुन ः नारायणथानमा समापन गरिने परम्परा अनुसार यो नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने गरेको गुरु बाबुकाजी भिन्दुवा श्रेष्ठले जानकारी दिनुभयो ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगीहरु गरी ११५ धाँ बाजा बजाउने श्रीकृष्ण खम्बु श्रेष्ठले बताउनुभयो ।
मध्यरातीसम्म नाची रहे भैरब
४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अबस्थामा पुगेको मल्लकालिन लाय्कू भैल ः अर्थात भैरब नाच गएरातीदेखि सुरु भएको छ ।
मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गन लगायत बिभिन्न टोलमा चार दिन मध्येरातीसम्म संचालन भएको नाच व्यबस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
भैरब दुई, दाःगि अर्थात कुमारी दुई, र ज्यापूँग एक गरी ५ जना देवगण रहने लायकू भैर ः नाचमा भैरबले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर बिभिन्न तालमा बिभिन्न हाउँभाउँ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।
नाचको क्रममा भैरब र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
शास्त्रीय एवं तान्त्रिक बिधिको प्रयोग गरी देवगणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको श्रेष्ठको भनाई रहेको छ । धा ंः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरुमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नु पर्ने प्रवधान रहेको छ ।
यी तीनवटै नाच प्राचिनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि यी नाचहरु प्रर्दशन mगरिएको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।