
सल्यान, भाद्र १ । सल्यान खैरावाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मन्दिरको जग्गा कब्जा गरेको छ । छत्रेश्वरी गाउँपालिका–६ लान्तिमा रहेको ६ रोपनी जग्गा कब्जामा लिएको हो । जनपरिषदले जग्गामा भएको स्थानमा ब्यानर राखेर जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले कव्जामा लिएका घरजग्गा पुनः जनपरिषदले कव्जामा लिएको उल्लेख गरिएको छ । कव्जा गरिएको मन्दिरको जग्गा वार्षिक १३ हजार भाडामा स्थानीयले खेतीपाती गर्दै आइरहेका छन्।






