
भक्तपुर,भाद्र १ । | माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको पुरक (ग्रेड बृद्धि) परीक्षा आजबाट सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज विहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । परीक्षामा करिब एक लाख ५० हजार परीक्षार्थी सहभागि भएको जानकारी दिदै उहाँले आज पहिलो दिन अग्रेजी विषयको परीक्षा संचालन भएको बताउनुभयो । उहाँले सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि बिज्ञान र अग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने बताउनुभयो ।
गतअसार १२ गते सार्वजनिक गरेको एसईईको नतिजामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न पाउने व्यबस्था गरेपछि यसवर्ष परीक्षार्थीको संख्या बढेको थियो । परीक्षा भदौ ११ गतेसम्म संचालन हुनेछ ।






