हामीसँग जोडिनुहोस

रवि लामिछानेविरुद्ध श्रीमती सम्झना पुडासैनीले किटानी जाहेरी

1 मिनेट

भाद्र १ । गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्की्विरुद्ध पनि किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए। पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

ट्रेण्डिङ